नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडाैं – महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकाे छ । बैंकले ‘इन्डिया बिजनेस अवार्ड २०२५’ मा बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट भई सो अवार्ड प्राप्त गरेकाे हो ।

भारतको नयाँ दिल्लीमा डिसेम्बर ७ मा आयोजित कार्यक्रममा बैंकका वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरेका हुन् । बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैंकिङ सेवामा नवप्रवर्तनका कार्यहरू गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेकाे उत्कृष्ट कार्य बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

दुई देश बीच वित्तीय सेवालाई प्रवद्र्धन गर्न तथा नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपाल र भारत बीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपुर्ण सावित भएको बैंकले जनाएको छ । हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उपस्थिति दर्शाउन तथा ख्याती अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्