नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकको क्रेडिट कार्डमा थप सुविधा

काठमाडौं – एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाई’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधामार्फत क्रेडिट कार्ड धारकहरूले पाँच हजार रुपैयाँ भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासममको किस्ताबन्दीमा रुपान्तरण गर्न सक्नेछन् ।

ग्राहकले खरिद बिल र पस स्लिप १० दिनभित्र इएनएमबि एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्नुपर्छ । न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित ‘इन्स्टा बाइ’मार्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वमा हुने खर्चहरू सहज रुपमा व्यवस्थापन गर्न सकिने बैंकले जनाएको छ । बैंकले देशभर २०२ शाखा कार्यालय, १८४ एटीएम काउन्टर र ९ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्