नेभिगेशन
प्रदेश

आयआर्जनको नयाँ सीप

दिनहुँ बिहानै घरमा आउने पत्रपत्रिकालाई पढिसकेर के गरिन्छ ? पोखराका महिलाले त्यसलाई नयाँ रुप दिँदै आएका छन् । कोइकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको ‘पोख्रेली सिसा कलम’ परियोजनाअन्तर्गत ‘पेपर पेन्सिल’ उत्पादन सुरु भएपछि पुराना पत्रपत्रिकाको पुनः प्रयोग मात्रै होइन, स्थानीय स्तरमा रोजगारी पुगेको छ ।

पत्रपत्रिकालाई महिलाहरूले आवश्यक आकारमा काटेर गम प्रयोग गरी तह–तहमा टाँस्छन् । त्यसपछि पेन्सिलको लिड राखेर पत्रिकालाई मोडिन्छ । एकैपटकमा १० देखि १५ वटा पेन्सिल रोल तयार गर्न सकिन्छ । रोल तयार भएपछि पेन्सिललाई सुधाएर मेसिनमा राखी आवश्यक आकारमा काटिन्छ । त्यसपछि केही समय घाम नभएको ठाउँमा सुकाइन्छ र पछि घाममा राखिन्छ । त्यसपछि पेन्सिल तयार हुन्छ ।

उद्यमी शान्ति अधिकारीका अनुसार पेपर पेन्सिलले फोहोर व्यवस्थापनमा टेवा पुगेको छ । यो उद्यमले महिलालाई अर्थोपार्जनमा सघाएको छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्