नेभिगेशन
प्रदेश

बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइयो

विराटनगर – बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी थालेको हो । सोही अभियान अन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ विराटनगरले एकदेखि पाँच वर्ष मुनिका ३ सय ४१ बालबालिकालाई विशेष आयुर्वेदिक औषधि ‘स्वर्ण विन्दु प्राशन’ खुवाएको छ ।

मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ भनिन्छ । केन्द्रका प्रमुख डा रामप्रवोध चौधरीले केन्द्रले सुरुमा १ सय ६० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको जनाए ।

सोमबार नयाँ १ सय ८१ जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेका छन् । दोहोरिएका बालबालिकाको संख्या १ सय ६० गरी कुल ३ सय ४१ बालबालिकाले प्राशन ग्रहण गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्