नेभिगेशन
प्रदेश

अटिजम सम्बन्धी सचेतनामा जोड

काठमाडौं । आर्किड केयर होम एण्ड रिहाबिलिटेशन सेन्टरले विशेष आवश्यकता भएका बालबालिकाहरूको संरक्षण तथा उनीहरूको व्यक्तिगत आवश्यकताअनुसारको थेरापी प्रदान गर्ने भएको छ । ‘अक्षरालय’ नाम दिइएको सो केन्द्रको हालै विधिवत् सुरुवात गरिएको छ ।

प्रि–स्कूल वातावरणको रूपमा सञ्चालन हुने ‘अक्षरालय’ को उद्घाटन अभिभावकको हातबाट गराइएको थियो । कार्यक्रममा हिमालय टाइम्सका निर्देशक उज्ज्वल शर्मा, महिला सुरक्षा दबाब समूहकी निर्वतमान अध्यक्ष कल्याणी शाह, निलम शर्मा, प्रतिमा भण्डारी, डा. पूर्णिमा तुलसीयन, डा. देवेन्द्र सोन्धर्व, सुबिक्षा शर्मा, यमुना कटुवाल, तारा भट्टराईलगायतले अटिजम सम्बन्धी सचेतना, समावेशिता र परिवार तथा समुदायको सहभागितामा जोड दिएका थिए । अर्किड सेन्टरकी अस्मिका कटुवालले सो अक्षरालयमार्फत बालबालिकाले मात्र नभई अभिभावकहरूबाट पनि माया, साथ र विश्वास पाउने अपेक्षा व्यक्त गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्