नेभिगेशन
प्रदेश

बागलुङका १९ बालबालिकासहित २१५ जनामा एचआइभी

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी संक्रमित भएको पाइएको छ । जिल्लामा नियमित औषधि सेवन गर्ने २ सय १५ संक्रमितमध्ये १९ बालबालिका छन् । स्वास्थ्य कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार गत आर्थिक वर्षमा १० जना संक्रमित थपिएका थिए । परीक्षण र परामर्शको दायरा बढाएपछि संक्रमितको संख्या उकालो लागिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

धौलागिरी प्रादेशिक अस्पतालमा रहेको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) सेन्टरले गाउँगाउँमा पुगेर एचआइभी एड्स भए नभएको परीक्षण गर्ने, संक्रमितसँग परामर्श गर्ने, नियमित रूपमा औषधी सेवन गराउने र संक्रमितको परिचय गोप्य राख्दा संक्रमित सम्पर्कमा आउन थालेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्