नेभिगेशन
प्रदेश

झापामा बढ्दै एचआइभी संक्रमित

झापा । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/८० मा १७, २०८०/८१ मा २३ र आव २०८१/८२ मा ३५ जना एचआइभी संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तीन वर्षयता संक्रमितको मृत्युदर बढ्दै गएको वृद्धि हुँदै गएको कार्यालयका फोकल पर्सन वीरेन्द्र दासले जनाए ।

चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् भने नयाँ संक्रमितमध्ये चार जनाले दमक अस्पताल, दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट) औषधि सेवन गरिरहेका छन् । त्यस्तो औषधि लिनेको संख्या झापामा ८ सय ६ रहेको छ । जिल्लामा कूल एचआइभी सङ्क्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्