नेभिगेशन
प्रदेश

विदेश पठाउने भन्दै १४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका– ८ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जनाए ।

श्रेष्ठले रोमानिया पठाउने भन्दै रु. १० लाख तथा रिसालले चेक रिपब्लिक पठाउने भन्दै रु. चार लाख ५० हजार रकम लिई सम्पर्कविहीन भएको पीडितहरूले उजुरी गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्