नेभिगेशन
अर्थतन्त्र

रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बजारमा

काठमाडौं – रोयल इन्फिल्डले आफ्नो लोकप्रिय सडक रोड्स्टर मोडेल ‘हन्टर ३५०’ को नयाँ २०२५ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ संस्करणमा विभिन्न आकर्षक रङ, परिमार्जित सस्पेन्सन, उच्च ग्राउन्ड क्लेरेन्स र थप नयाँ सुविधाहरू समेटिएका छन् ।

कम्पनीका अनुसार, हन्टर ३५० मा चार प्रकारका रियो सेतो, टोकियो कालो, लन्डन रातो र ग्राफाइट खरानी रङ उपलब्ध छन् । यी रङहरू विश्वका विभिन्न सहरहरूको सांस्कृतिक पहिचान र सौन्दर्यबाट प्रेरित रहेको कम्पनीको दाबी छ । साथै, यस संस्करणमा पहिलोपटक सिलिप एसिस्ट क्लच जडान गरिएको छ, जुन कम्पनीका ३५० सीसी मोडेलमा प्रयोग गरिएको नयाँ प्रविधि हो ।

नयाँ हन्टर ३५० मा परिमार्जित सस्पेन्सन र १६० मिलिमिटर ग्राउन्ड क्लेरेन्स जस्ता सुविधाहरू पनि उपलब्ध छन् । यसको सिट डिजाइनमा सुधार गरिएको छ र डबल च्यानल एबीएस प्रणाली पनि समावेश गरिएको छ, जसले बाइकरलाई अझ सुरक्षित र आरामदायक यात्रा अनुभव प्रदान गर्छ । ३४९ सीसी जे–सिरिज इन्जिनले सहरी सडकमा चुस्त र स्थिरता सुनिश्चित गर्दछ ।

सन् २०२२ मा पहिलोपटक बजारमा ल्याइएको हन्टर ३५० मोडेलले अहिलेसम्म विश्वभर सात लाखभन्दा बढी युनिटको बिक्री भइसकेको छ । कम्पनीले यस मोडेललाई नेपालका सहरी सडक तथा युवापुस्ताको ऊर्जाशील गतिका लागि उपयुक्त मानिएको छ ।

रोयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरियाले भने, ‘नेपालमा मोटरसाइकल केवल यातायातको साधन मात्र नभई जीवनशैलीको महत्वपूर्ण हिस्सा बनेको छ। त्यसैले हामीले यस नयाँ हन्टर ३५० मोडेललाई नेपाली बजारको आवश्यकता र मागअनुसार प्रस्तुत गरेका हौं ।’

नयाँ हन्टर ३५० को मूल्य सिंगल टोन रङका लागि चार लाख ९४ हजार ९०० रुपैयाँ तोकिएको छ । डबल टोन रङका लागि मूल्य भने चार लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले देशभरका शो रुममा बुकिङ र परीक्षण सवारीको प्रक्रिया पनि सुरु गरेको छ ।

रोयल इन्फिल्डको यो नयाँ मोडेल नेपाली बाइकरहरूको लागि उत्साहजनक खबर बनिरहेको छ, र यो युवा वर्गमा नयाँ जीवनशैलीको प्रतीक बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्