नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच सम्झौता

काठमाडाैं – नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याबबीच बैंकका ग्राहकलाई उपचार शुल्कमा छुट दिने सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहकलाई विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि ३० प्रतिशतसम्म छुट दिइने जनाइएको छ ।

ललितपुर थसिखेलस्थित पाटन हेल्थ ल्याबले नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्यावको विविध सेवाको नमुना संकलनका लागि निःशुल्क होम डेलिभरीको व्यवस्था गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याबका तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्