नेभिगेशन
अर्थतन्त्र

नेप्सेमा सामान्य सुधार

काठमाडौं – पछिल्लो केही दिन घटेको शेयरबजारमा मंगलबार सामान्य सुधार भएको छ । कारोबार मापक नेप्से परिसूचक ७.३९ अंकले बढेर २,६१४.०७ बिन्दुमा कायम भएको छ ।

कारोबार भएका २५८ कम्पनीमध्ये १४८ कम्पनीको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । यद्यपी १०१ कम्पनीका शेयरधनीले गुमाएका छन भने नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

कुल तीन अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ ।

सूचीकृत १३ समूहमध्ये चार समूह घटेका छन भने नौ वटा बढेका छन् । बैंकिङ ०.१४ प्रतिशत, लघुवित्त ०.०६, निर्जीवन बीमा ०.१७ र व्यापार ०.०१ प्रतिशतले घटेको छ । बाँकी सबै बढेका छन् ।

विकास बैंक ०.३१, फाइनान्स ०.४०, होटल तथा पर्यटन ०.८८, जलविद्युत् ०.८४, लगानी ०.१६ र जीवन बीमा ०.८२ प्रतिशतले बढेको छ । यस्तै, उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फण्ड ०.३७ र अन्य समूह ०.३४ प्रतिशतले बढेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर संख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ३१ करोड ९२ लाख छ हजार ७१३ रुपैयाँ बराबरको सात लाख ६८ हजार ६५ कित्ता शेयर किनबेच भएको छ । लगानीकर्ताको समपत्ति मंगलबार मात्रै १३ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ । यस्तै साधारण शेयरतर्फको बजार पुँजीकरण तीन अर्ब रुपैयाँ बढेर १४ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्