नेभिगेशन
अर्थतन्त्र

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

झापा – सर्वोत्तम सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नम्बर ९ स्थित आफ्नै कारखाना परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ‘सुखद जीवनका लागि हौँ निरोगी’ भन्ने मूल नारासहित आयोजित शिविरमा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । कम्पनीले परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क वितरण गरेको थियो ।

शिविरमा वरिष्ठ फिजिसियन, स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट), नेत्र विशेषज्ञ, छाला रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) साथै अन्य २२ जनासहितको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।

उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद दाहाल तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का विशेष अतिथिका रूपमा उपस्थित थिए ।

उपमहाप्रबन्धक घिमिरेले सामाजिक उत्तरदायित्वप्रति कम्पनी प्रतिबद्ध रहेको उल्लेख गर्दै  यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने लक्ष्य रहेको बताए। उनले समाज उपयोगी अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्दै जाने कम्पनीको योजनाबारे जानकारी गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्