नेभिगेशन
विश्व

‘युरोप सभ्यतामै हराउन सक्ने’

युरोपसँग क्रुद्ध ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली नेताहरूलाई ‘कमजोर’ को संज्ञा दिँदै र अमेरिकाले युक्रेनलाई दिने सहयोग कटौती हुन सक्ने जनाउ दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार मिडिया ‘पोलिटिको’ सँगको लामो अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘ओह्रालो लागेको’ युरोपेली देशहरूले आप्रवासन नियन्त्रण गर्न नसकेको र रूससँगको युद्ध अन्त्य गर्न ठोस कदम नचालेको आरोप लगाएका छन् । उनका अनुसार युरोपेली देशहरूले युक्रेनलाई ‘थाकुन्जेल लड’ भनेजस्तो गरिएको छ ।

उनले के दाबी गरे भने युद्धमा अहिले रूसको अवस्था बलियो छ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही भू–भाग रूसलाई दिन तयार भएर ‘सम्झौता गर्नुपर्ने’ हुन्छ । बेलायतमा, डाउनिङ स्ट्रिटले ट्रम्पको टिप्पणीलाई अस्वीकार गर्दै बेलायतले प्रतिबन्ध र अन्य कदममा अग्रणी भूमिका खेलेको र अमेरिकाले नेतृत्व गरेको शान्ति प्रक्रियामा आफूहरूसँगै रहेको बताएको छ ।

ट्रम्पले वैचारिक विभाजनका कारण वाशिङगटनका गठबन्धन टुट्नसक्ने खतरा बढेको बताएका छन् । पोलिटिकोकी पत्रकारले जब उनलाई ‘कमजोर’ भनिएका नेताहरू अझै पनि मित्र राष्ट्र हुन सक्छन् कि सक्दैनन भनी सोधिएको प्रश्नमा उनले त्यो सापेक्षित हुने बताए । राष्ट्रपछि ट्रम्पले भने, ‘मलाई लाग्छ उनीहरू कमजोर छन् र उनीहरू राजनीतिक रूपमा धेरै ‘ठिक देखिन’ चाहन्छन् । उनीहरूलाई के गर्ने भन्ने नै थाहा छैन ।’ ट्रम्पको यो नयाँ आलोचना युक्रेनका राष्ट्रपति जेलेन्स्की र उनका सहयोगीहरूमाथि युद्ध अन्त्यका लागि थप दबाब दिन उन्मुख देखिएको छ । उनका टिप्पणीहरू अमेरिकी प्रशासनले ३३ पृष्ठको नयाँ राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेपछि आएका हुन् । उक्त दस्तावेजले युरोप ‘सभ्यतामै हराउन सक्ने’ चेतावनी दिएको छ र केही देशहरू भविष्यमा भरपर्दा साथी बन्न नसक्ने उल्लेख गरेको छ ।

रूसले उक्त रणनीतिलाई स्वागत गर्दै यसलाई ‘मास्कोको दृष्टिकोणसँग धेरै मेल खाने’ बतायो किनभने यसले रूसलाई अमेरिकाको मुख्य खतरा भनेर चित्रण गरेको थिएन । यो दस्तावेज ट्रम्पले यसै वर्ष संयुक्त राष्ट्रसंघमा दिएको भाषणसँग पनि मिल्दोजुल्दो थियो, जहाँ उनले पश्चिमी युरोपलाई आप्रवासन र स्वच्छ ऊर्जा नीतिहरूका कारण कडा रूपमा आलोचना गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्