नेभिगेशन
विश्व

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

जिउक्वान । चीनले मंगलबार लङ मार्च–४ बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो रकेट चीनको उत्तर– पश्चिमस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे प्रक्षेपण गरिएको हो । याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ । यो प्रक्षेपण लङ मार्च शृंखलाको ६१४ औं मिशन हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्