नेभिगेशन
विश्व

हङकङ आगलागीमा मृत्यु हुनेको संख्या १६० पुग्याे

हङकङ । हङकङमा दशकौंयताकै सबैभन्दा भीषण आगलागीमा मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ । मंगलबार प्रहरीले थप एक शव पहिचान गरेपछि मृतकको संख्या बढेको पुष्टि भएको हो । अझै ६ जना बेपत्ता रहेको जनाइएको छ । गत महिनाको अन्त्यतिर आवासीय भवनमा लागेको आगलागी सन् १९८० यताकै विश्वकै सबैभन्दा घातक आवासीय भवन आगलागी ठहरिएको छ । प्रभावित भवनहरूमा गरिएको खोजतलास सकिएपछि अधिकारीहरूले अघिल्लो हप्ता १ सय ५९ जनाको मृत्यु भएको थियो ।

प्रहरी आयुक्त जो चाउका अनुसार पहिला संकलन गरिएको एउटा अवशेषमा थप परीक्षण हुँदा त्यसमा दुई व्यक्तिका अवशेष रहेको पुष्टि भएपछि मृतक संख्या १ सय ६० पुगेको हो । १ सय ६० मृतकमध्ये १ सय २० जनाको पहिचान डीएनए तथा फिंगरप्रिन्ट परीक्षणमार्फत् भइसकेको छ । बाँसको बाहिरी संरचनाले ढाकिएका भवनहरूमा आगो अत्यधिक तीव्रतामा फैलिएको थियो । प्रहरीले ६ जना अझै बेपत्ता रहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्