नेभिगेशन
राजनीति

मधेशका तीन दलबीच एकता सहमति

काठमाडौं – मधेश केन्द्रित तीन दलले एकता गर्ने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बीच एकता हुने भएको हो । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले बुधबार उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

‘देशमा हाल विकसित परिस्थितिको निकास र भ्रष्टाचार तथा बेचितिको अन्त्य गर्दै विधिको पूर्ण सुशासन कायम गर्न ताजा जनादेशका लागि आमनिर्वाचन नै एकमात्र विकल्प भएको ठहर गर्दै वास्तविक राष्ट्रिय एकताको मजबुती र संवर्धनको एक मात्र बाटो नागरिक अधिकार, राज्यका हरेक अंगमा समानुपातिक, समावेशिता र विविधताको सम्मानको सुनिश्चितता नै भएको सो दिशामा अगाडि बढ्नका लागि’ भन्दै पार्टी एकीकरण गर्ने सहमति भएको छ ।

उनीहरूले मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत सिमान्तकृतको प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्ति र व्यक्तिलाई पनि आफूहरूको अभियानमा सहभागी बन्न अपिल गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्