नेभिगेशन
प्रदेश

दुर्घटनामा दुई जनाको मृत्यु

उदयपुर । चौदण्डी नगरपालिका–४ बसाहामा मंगलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

त्यस्तै, धरान उपमहानगरपालिका–१९ मिलनचोकको भित्री सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को१क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट आइरहेको को१ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जनाए अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अटोचालक धरान– १९, एकता मार्गका २४ वर्षीय निमेष भुजेलको उपचारका क्रममा मृत्यु भएको हो । अटोमा सवार धरान–१९ का ४८ वर्षीय टिकाराम लिम्बूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसचालक धरान– १४ का २९ वर्षीय अमिर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्