नेभिगेशन
प्रदेश

बर्दिया घटनाबारे छानविन सुरु

काठमाडौं – नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु– छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत अध्ययन सुरु गरेको छ । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरूसहितको टोली आज बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो । छानबिन समितिको सहयोगमा आज मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता सम्पन्न भएको छ । समिति सदस्य कुलशेखर अर्यालका अनुसार टोलीले घटनास्थलमा आएर पीडित परिवारलाई सहजीकरण र घटनाका बारेमा छानबिन थालेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्