नेभिगेशन
अर्थतन्त्र

शिवम् सिमेन्टद्वारा १०४ छात्रालाई छात्रवृत्ति प्रदान

हेटाैंडा – सामुदायिक विद्यालयमा छात्रा भर्ना दर घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिवम् सिमेन्टले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, हटियास्थित लक्ष्मी आधारभूत विद्यालयका १०४ छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्क बराबरको रकम विद्यालयलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा वडा नम्बर १७ का जनप्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । कम्पनीले कक्षा १ देखि ८ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै  छात्रवृत्ति व्यवस्था गरेको जनाएको छ । यसले छात्राहरूको मनोबल वृद्धि हुने र विद्यालयमा छात्रा उपस्थितिमा सकारात्मक प्रभाव पर्ने  अपेक्षा राखिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग गरेबापत शिवम् सिमेन्टलाई धन्यवाद व्यक्त गरे । उनले उद्योग स्थापना भएको सन् २०६८ सालदेखि विद्यालयसँग सहकार्य गर्दै  आएको स्मरण गर्दै आगामी सत्रदेखि पूर्ण छात्रवृत्ति उपलब्ध गराउन आग्रह पनि गरे ।

शिवम् सिमेन्टले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा कम्पाउण्ड वाल निर्माण, स्कूल बस व्यवस्था, कम्प्युटर–प्रिन्टर तथा अन्य शैक्षिक सामग्री सहयोग गर्दै  आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्