नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफको बोनस दर सार्वजनिक

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि बोनस दर घोषणा गरेको छ ।

कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१/८२ का लागि नयाँ बोनस दर घोषणा गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखअन्तर्गत नयाँ बोनस दर लागू हुने छ ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कर्मचारी, बीमित, अभिकर्ता, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिँदै कम्पनीले लिएका रणनैतिक निर्णयहरूका कारण बोनस दरलाई स्थिर राख्न सफल भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्