क्याम्ब्रिज विश्वविद्यालयले निकाल्ने शब्दकोश ‘क्याम्ब्रिज डिक्सनरी’मा यो वर्ष हजारौं नयाँ शब्दहरू समावेश गरिएका छन् । तीमध्ये त केही शब्दहरू यति अर्थहीन छन् कि सुनेर हाँसो नै उठ्छ ।
तीमध्ये केही शब्द ‘स्किबिडी’, ‘ट्र्याडवाइफ’ पनि हुन् र सामाजिक सञ्जालमा लोकप्रिय अन्य स्ल्याङ शब्दहरू क्याम्ब्रिज डिक्सनरीमा थपिने हजारौं नयाँ शब्दहरूमा समावेश गरिने भएको छ । ‘स्किबिडी’ बडो अर्थहीन शब्द हो । युट्युबमा भाइरल भएको एनिमेटेड भिडियो शृंखलाका सर्जकले बनाएका थिए ।
जब, ट्र्याडवाइफ ‘ट्रेडिसनल वाइफ’ (परम्परागत पत्नी) को छोटो रूप हो । भनाइको अर्थ, एउटी विवाहित स्त्री जो खाना पकाउँछिन्, सफाइ गर्छिन् र सामाजिक सञ्जालमा पोष्ट गर्छिन्, तिनलाई ट्र्याडवाइफ भनिन्छ ।
यसपाला छ हजारभन्दा बढी नयाँ शब्दहरू थपिएका छन्, जसमा प्रविधि कम्पनी र रिमोट वर्क (दूर–कार्य) सँग सम्बन्धित शब्दहरू पनि परेका छन् । ‘इन्टरनेट संस्कृतिले अंग्रेजी भाषालाई परिवर्तन गरिरहेको छ र यो प्रभावलाई अवलोकन गर्न र डिक्सनरीमा समेट्नु निकै रोचक काम बन्न पुगेको छ,’ लेक्सिकल प्रोग्राम म्यानेजर कोलिन म्याकिन्टोसले भने ।
स्किबिडीको परिभाषा डिक्सनरीमा ‘यो शब्दले विभिन्न अर्थ राख्न सक्छ, जस्तै ‘कूल’ वा ’खराब’, वा मजाकको रूपमा कुनै वास्तविक अर्थ बिना प्रयोग गर्न सकिन्छ’ भनिएको छ ।
यसको प्रयोगको उदाहरण हो, ‘व्हाट द स्किबिडी आर यु डुइङ ?’ रियालिटी टिभी स्टार किम कार्दशियनले इन्स्टाग्राममा युट्युब शृंखलाको नाम ‘स्किबिडी ट्वाइलेट’ लेखिएको भिडियो पोस्ट गर्दै यो शब्दसँग परिचित भएको खुलासा गरिन् ।
नयाँ वाक्यांशहरूका साथै, केही छोट्याइएका शब्दहरू पनि थपिएका छन्, जस्तै ‘डिलुलु’ – डिल्युजनल (भ्रमपूर्ण) शब्दको छोटो रूप हो । यसको परिभाषा यस्तो छः ‘वास्तविक वा सत्य नभएका कुराहरूमा विश्वास गर्नु, सामान्यतः तपाईंले त्यसलाई विश्वास गर्नुहुन्छ ।’
महामारीपछि ‘रिमोट वर्क’ मज्जैले मौलायो । त्यसबेला ‘माउस जिगलर’ शब्द निकै चर्चित रह्यो । यसको अर्थ हुन्छ, काम नगर्दा पनि काम गरिरहेको जस्तो देखाउन प्रयोग हुने उपकरण वा सफ्टवेयर । यतिबेला सो शब्दले पनि शब्दकोशमा ठाउँ पाएको छ ।
कामसँग सम्बन्धित अन्य शब्दहरूमा ‘वर्क वाइफ’ र ‘वर्क स्पाउस’ पनि समावेश छन् । कार्यस्थलमा दुई व्यक्तिले एकअर्कालाई सहयोग र विश्वास गर्ने सम्बन्धलाई स्वीकार गर्नु ‘वर्क वाइफ’ वा ‘वर्क स्पाउस’ हो ।
केही संयुक्त शब्दहरू पनि थपिएको छ । उदाहरणका लागि ‘ब्रोलिगार्की’ । ‘ब्रो’ र ‘ओलिगार्की’ जोडेर बनेको यो शब्दको अर्थ हो, ‘पुरुषहरूको सानो समूह, विशेष गरी प्रविधि व्यवसायमा संलग्न वा मालिक रहेका पुरुषहरू, जो अत्यन्त धनी र शक्तिशाली छन् र जसले राजनीतिक प्रभाव राख्छन् वा चाहन्छन् ।’
यो शब्द डोनाल्ड ट्रम्पको जनवरीमा भएको उद्घाटन समारोहमा सहभागी प्रविधि नेताहरू जेफ बेजोस, एलन मस्क र मार्क जुकरबर्गलाई वर्णन गर्न प्रयोग गरिएको थियो । म्याकिन्टोसले भने, ‘क्याम्ब्रिज डिक्सनरीले केवल ती शब्दहरू मात्र थप्छ, जुन शब्दले आफूलाई समयसँगै आफूलाई प्रमाणित गर्ने विश्वास गरिन्छ ।