तेहरान – इरानले आफ्नो देशमा ६ दशकको सबैभन्दा ठूलो जल संकट अन्त्य गर्न वर्षा बढाउने उद्देश्यका साथ क्लाउड सिडिङ (बादलखेती)लाई उच्च प्राथमिकतामा राखेको छ । ऊर्जा मन्त्री अब्बास अलीबादीले हिजो क्लाउड, ड्रोन र ग्राउन्ड–आधारित मेसिनरी प्रयोग गरेर बादलहरूमा क्रिस्टल इञ्जेक्ट गर्ने प्रयासहरूको नयाँ चरण सुरु गरिएको बताए । पछिल्लो समय जलवायु परिवर्तनका कारण कम वर्षा भइरहेको सन्दर्भमा बादलखेती (क्लाउड सिडिङ) निकै लोकप्रिय हुँदै जान थालेको छ ।
इरानले विशेषरूपमा बादलखेतीका लागि विशेष ड्रोनहरू पनि विकसित गर्न थालेको छ । आउँदा दिनहरूमा बादलखेतीका माध्यमबाट वर्षा गराउने अभियान सुरु भइसकेको ऊर्जामन्त्री अलीबादीले बताएका छन् ।
उनले भने, ‘अघिल्लो वर्षायाममा (२०२४ अक्टोबर)मा नै यस्तो अभियान सुरु गरिसकिएको छ । यो अभियानले मौसम परिमार्जन गर्न २७ उडान, ६१ ड्रोन मिसन र दुई हजार घण्टाको ग्राउन्ड अपरेसनहरू गरेको थियो । यस अभियानले सुख्खा र अर्ध–सुख्खा जलवायु भएको देशको मौसमलाई परिवर्तन गर्ने प्रयास गरेको थियो ।’
सोमबार, इरानको उत्तरपश्चिमी प्रान्तहरू पूर्वी अजरबैजान, पश्चिम अजरबैजान र कुर्दिस्तानमा वर्षा गराउने उद्देश्यका साथ एउटा अभियान सुरु गरिएको थियो । यस्तै प्रकारका उडानहरू खुरासान रजावीको उत्तरपूर्वी प्रान्तमा पनि सञ्चालन गरिएको उनले बताएका छन् ।
तेहरानको पानी तथा ढल निकास कम्पनीका प्रमुख मोहसेन अर्दकानीले यस हप्ता इरानले ‘६ दशकमा पहिलो पटक छैटौं वर्षको खडेरी’ अनुभव गरिरहेको बताए । उनले भने, ‘जलाशयहरूमा ३२ प्रतिशत मात्र पानी भरिएको छ । ९ प्रतिशत केन्द्रीय राजधानीमा छ ।’
न्यू एटमोस्फेरिक वाटर टेक्नोलोजीका फर डेभलपमेन्टका प्रमुख मोहम्मद मेहदी जावदियानजादेहले गत हप्ता क्लाउड सिडिङमा प्रयोग गर्न विशेषरूपमा विकसित ड्रोनहरूमाथि काम भइरहेको बताएका थिए । उनले सही मौसमी अवस्थामा गरिने क्लाउड सिडिङले वर्षालाई १५ देखि २० प्रतिशतले बढाउन सक्ने बताएका थिए । प्राविधिकहरूले जमिनमा आधारित जेनेरेटर र ज्वाला प्रयोग गररे पनि बीज सामग्री उत्सर्जन गरिरहेका छन् ।
जल अभाव बढ्दै जाँदा, ताल र नदीहरूमा पानीको स्तर घट्दै जाँदा र इरानमा जमिनमुनिको पानीको अत्यधिक प्रयोगका कारण सुख्खा जमिन र भाडा बढेका छन् ।
राष्ट्रपति मसुद पेजेस्कियानले जल संकटले देशको क्षमतालाई अन्तिमरूपमा नष्ट गर्न सक्ने चेतावनी दिएका छन् । यसलाई नियन्त्रण गर्न, सहरको जल प्रवाह प्रणालीलाई कायम राख्न, सरकार यस गर्मीमा तेलघानबाट १४० किलोमिटर उत्तरतर्फको तालेघान बाँधबाट पानी स्थानान्तरण गर्ने परियोजनालाई तीव्र बनाउन बाध्य भएको छ । इस्लामिक गणतन्त्रले मध्य र दक्षिणी क्षेत्रहरूको पानीको समस्या समाधान गर्न खाडी र ओमानको सागरतर्फ ध्यान केन्द्रित गरिरहेको छ । शनिबार, पेजेस्कियानले खाडीबाट पाइपलाइनमार्फत इस्फान (एक मुख्य औद्योगिक केन्द्र) मा प्रमुख स्टिल प्लान्ट र रिफाइनरीहरूमा पानी स्थानान्तरण गर्ने पहिलो चरणको परियोजनाको उद्घाटन गरे ।
सो क्रममा पेजेस्कियानले भने, ‘फारसी खाडीको पानी अब केन्द्रीय पठार र इस्फान पुगिसकेको छ । यसले जमिनमुनिको पानीमाथिको औद्योगिक निर्भरता कम गर्नेछ । दिगोपना सुनिश्चित गर्न भविष्यका औद्योगिक परियोजनाहरू समुद्र नजिकै अवस्थित हुनुपर्छ ।’
विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ), संयुक्त राष्ट्रसंघको मौसम र जलवायु सेवा तथा क्लाउड सिडिङ र मौसम परिमार्जनका अन्य रूपहरू विज्ञानमा आधारित रहेर लगभग ५० देशहरूले गरिरहेको बताएको छ । सल्ट क्रिस्टल, चाँदी आयोडाइड वा पोटासियम आयोडाइडजस्ता रासायनिक पदार्थहरू चिसो बादलहरूमा छिराइन्छ वा पानीको बाफलाई सघन गर्न सकिने बादलहरूमा छरिन्छ । यसले वर्षा गराउने विश्वास वैज्ञानिक जगत्को छ ।
डब्लूएमओले त्यस्ता कार्यक्रमहरूको सफलता उति भरपर्दो नभएको बताएको छ । यसमा ‘पर्यावरणका साथै आर्थिक लाभका विचारणीय जोखिमहरू’ पनि रहेको भन्दै यस्ता कार्य गर्दा सचेत रहन आग्रहसमेत गरेको छ ।