नेभिगेशन
विश्व

अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

माण्डले – म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एएफपीले जनाएको छ ।

म्यानमाको गृहयुद्ध सुरु भएदेखि सैनिक सरकारले हवाई आक्रमण बढाएको द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन् । सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको विरोध घोषणा गर्दै विद्रोहीहरूले यसलाई आफ्नो नियन्त्रणको क्षेत्रबाट रोक्ने वाचा गरेका छन्, जसलाई सैनिक सरकारले फिर्ता लिन लडिरहेको छ ।

एक सैन्य जेटले बुधबार साँझ बंगलादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यको म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायताकर्मी वाई हुन आङले बताए ।अवस्था निकै डरलाग्दो भएको बताउँदै उनले ६८ जना घाइते भएकाले थप मानिसहरूको मृत्यु हुन सक्ने बताएका छन् । अस्पतालबाहिर जमिनमा कम्तीमा २० वटा शव देखिएको जनाइएको छ ।

राखाइन राज्य लगभग पूर्ण रूपमा अराकान आर्मी (एए) द्वारा नियन्त्रित छ भने एक जातीय अल्पसंख्यक समूह सेनाले लोकतान्त्रिक नेता आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गर्नुभन्दा अघिदेखि सक्रिय छ ।

स्वास्थ्य विभागको विज्ञप्तिमा हवाई आक्रमणमा अस्पतालका १० जना बिरामीहरूको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । शक्तिशाली प्रतिद्वन्द्वी– एए म्यानमालाई ध्वस्त पार्ने गृहयुद्धमा सबैभन्दा शक्तिशाली विपक्षी समूहहरूमध्ये एकका रूपमा देखा परेको छ, भने अन्य जातीय अल्पसंख्यक लडाकुहरू र प्रजातन्त्र समर्थक पक्षपातीहरू पनि सक्रिय छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्