नेभिगेशन
विश्व

पूर्वगुप्तचर प्रमुखलाई १४ वर्ष जेल

इस्लामावाद – पाकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली ‘इन्टर–सर्भिस इन्टेलिजेन्स जासूसी’ (आईएसआई) एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोगलगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रही व्यक्तिहरूलाई गलत क्षति पुर्‍याएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजातअनुसार, फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ ।

गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ । लामो कानूनी कार्यवाहीपछि अभियुक्तलाई सबै अभियोगमा दोषी ठहर गरी अदालतले १४ वर्षको कारावासको सजाय सुनाएको हो ।

विज्ञहरूका अनुसार फैज हमिद इमरान खानका कट्टर समर्थक थिए । उनले केही शीर्ष नेताहरूको समर्थन गुमाएपछि अविश्वासको मत प्रयोग गरी हटाइएको थियो ।

सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल फैज हमिदले खानले सत्ता गुमाएको केही महिनापछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ । यसलगत्तै उनलाई पाकिस्तानी सेना ऐन उल्लंघन गरेको पनि आरोप लगाइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्