नेभिगेशन
अर्थतन्त्र

भारतमा स्कोडा कायलाकको बिक्रीमा कीर्तिमान

काठमाडौं – स्कोडा इण्डियाले २०२४ डिसेम्बरमा सार्वजनिक गरेको नयाँ इन्ट्री–लेभल एसयूभी कायलाकले सार्वजनिक भएको ८ महिनाभित्रै ३० हजार युनिट बिक्रीको रेकर्ड कायम गरेको छ ।

गत जनवरीदेखि अगस्टसम्म कायलाकले ३० हजार १ सय ९० युनिट होलसेल बिक्री गर्दै  ब्राण्डको सबैभन्दा लोकप्रिय मोडेलमध्ये एक बनेको छ । यसले भारतीय ग्राहकबीच स्कोडाप्रति बढ्दो भरोसा, गुणस्तर र विश्वसनीयता स्पष्टरूपमा देखाएको कम्पनीले जनाएको छ ।

कायलाकले स्कोडा इण्डियाको कुल बिक्रीमा ६५ प्रतिशत योगदान पुर्‍याएको छ । १.० लिटर टर्बो  पेट्रोल इञ्जिन र ६–स्पीड म्यानुअल वा अटोमेटिक गियरबक्सले ११४ एचपी पावर र १७८ एनएम टर्क प्रदान गर्छ, जसले शहरी र लामो दूरी दुवैमा सहज र शक्तिशाली ड्राइभ अनुभव दिन्छ ।

यो गाडी चार भेरियन्ट—क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज—७ आकर्षक रंग विकल्पसहित उपलब्ध छन् । आधुनिक डिजाइन, भरपर्दो  पर्फर्मे न्स र मूल्यअनुसारको प्याकेजले भारतीय ग्राहकको रोजाइमा कायलाकलाई शीर्ष स्थान दिलाएको छ ।

स्कोडाले इनोभेसन, गुणस्तर र ग्राहक सन्तुष्टिमा निरन्तर प्रतिबद्धता देखाउँदै भारतीय अटो बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाएको छ । यस सफलतासँगै कम्पनीले भविष्यमा पनि ग्राहकको बदलिँदो आवश्यकतानुसार विश्वसनीय र उत्कृष्ट मोडेलहरू ल्याउने संकेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्