नेभिगेशन
अर्थतन्त्र

शिवम् सिमेन्टले साढे १२ प्रतिशत लाभांश दिने

काठमाडौं – शिवम् सिमेन्ट्स लिमिटेडले शेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने भएको छ । राष्ट्रिसय सभागृहमा बिहीबार भएको १० औं वार्षिक साधारण सभाले लाभांशको उक्त प्रस्ताव पारित गरेको हो ।

सभाले कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश र २.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाबाट पारित भएसँगै कम्पनीले सेयरधनीलाई ५४ करोड ५६ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । कम्पनीको चुक्ता पुँजी हाल ५ अर्ब ४५ करोड ६८ लाख रहेकामा अब १३ करोड ६४ लाख रुपैयाँ थपिएको छ । साधारण सभाले कम्पनीको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनी अध्यक्ष गौरव गोयलले सभामा शेयरधनीका तर्फबाट आएका सुझावअनुसार व्यवस्थापन अगाडि बढ्ने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्