नेभिगेशन
अर्थतन्त्र

लगातार घट्यो बजार, कारोबार अझ खुम्चियाे

काठमाडौं – लगातार घटेको शेयर बजारले साताको अन्तिम कारोबार दिन पनि लगानीकर्तालाई निराश पारेको छ । अघिल्लो दिनका तुलनामा सूचकसँगै कारोबार रकम घटेको छ ।

बिहीबार नेप्से परिसूचक १.६६ अंकले घट्दै २६०७.३७ को विन्दुमा रह्यो । २६०८.११ बाट खुलेको बजार केही मिनेटमै घटेर २६०३.१ को विन्दुमा पुगेको थियो । पुनः बढेर २६११.८३ को विन्दुमा पुगेर ओरालो लाग्दै अन्तिम समयमा २६०७.३७ को विन्दुमा बन्द भएको हो ।

बजारमा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ रुपैयाँ बराबरको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनका तुलनामा यो घटेको हो । बुधबार नेप्से ५.०३ अंकले घटेर २,६०९.०३ विन्दुमा रहँदा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बराबरको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर किनबेच भएको थियो ।

बिहीबार वाणिज्य बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घट्दा समग्र परिसूचक प्रभावित भएको हो । घटेकामध्ये सर्वाधिक गिरावट फाइनान्समा ०.६५ प्रतिशत रह्यो भने बढेकामध्ये धेरै उत्पादन तथा प्रशोधन उपसमूहको ०.९२ प्रतिशत रह्यो ।

बजारमा १४९ कम्पनीको शेयरमूल्य घटेको छ । घटेकामध्ये मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ता बढी नोक्सानमा परेका छन् । उक्त कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले घटेको छ ।

९८ कम्पनीको शेयरमूल्य बढ् यो भने ११ कम्पनीको स्थिर रह्यो । हालै आईपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएका कम्पनीमध्येको स्वस्तिक लघुवित्तको शेयरमूल्य बढेर सर्किट लागेको छ भने एसवाई प्यानलको शेयरमा ९.९८ प्रतिशतको बढोत्तरी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्