नेभिगेशन
अर्थतन्त्र

रिलायबल इन्भेष्टमेन्ट अब पूर्ण मर्चेन्ट बैंकर

काठमाडौं – रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सबै काम गर्न स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दीपेन्द्र कडरियाका अनुसार धितोपत्र बोर्डले गत मंगलबार स्वीकृति दिएको हो । यसअघि धितोपत्र व्यवसायीका रूपमा सीमित कार्यादेशसहित बोर्डबाट २०८० साउन २९ मा कम्पनीले अनुमतिपत्र पाएको थियो ।

त्यसयता सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्थाबमोजिम धितोपत्र बोर्डले २०८१ मंसिर २ मा योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा कार्य गर्न अनुमति दिएको थियो । पछिल्लो अनुमतिले मर्चेन्ट बैंकरका कसै काम गर्न कम्पनीका लागि बाटो खुलेको कडरियाले बताए । रिलायबल इन्भेष्टमेन्ट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शतप्रतिशत लगानी रहेको कम्पनी हो । धितोपत्र बजार व्यवस्थापनमा तीन दशकका अनुभवी भीष्मराज चालिसे कम्पनीका प्रमुख कार्यकारी अधिकृत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्