नेभिगेशन
राजनीति

थपिए चार मन्त्री

काठमाडौं – सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिए । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को संख्या १४ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्