नेभिगेशन
राजनीति

‘ध्यान चुनावमा केन्द्रित गरौं’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै पौडेलले चुनावलाई प्रभावित नहुनेगरि काम गर्न सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका थिए । राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन ।

यसैबीच पछिल्लो पटकको मन्त्रिपरिषद् विस्तारका क्रममा भूमि व्यवस्थाको सट्टा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्