नेभिगेशन
राजनीति

ज्ञवाली, शाक्य र बडालद्वारा पद छाड्ने घोषणा

राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय रहिरहनुपर्छ भन्ने मान्यता नेताहरूमा छ । अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वमा तेस्रो कार्यकालका लागि आफूलाई सर्वसम्म्त नेतृत्व दिलाउने कोसिसमा छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिएका छन् । पार्टीका पुराना तीन नेताले अब कार्यकारी पदमा नउठ्ने घोषणा गरेर महाधिवेशनका सहभागीलाई स्तब्ध पारेका छन् ।

उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले अब आफूहरू पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा नरहने घोषणा गरेका हुन् ।

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठकमा उपाध्यक्षहरू ज्ञवाली र शाक्यले लगातार एकै व्यक्ति पदमा रहिरहन नहुने र अब आफूहरूको पालो पुगेकाले अब कुनै पदमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन् ।

यस्तै बन्दसत्रमा समय लिएर आयोगका अध्यक्ष बडालले आफू अब जिम्मेवारीमा नहरने उद्घोष गरेका हुन् । उनीहरूले पदमा नरहने भए पनि पार्टीको नीति र विचारका पक्षमा जहाँ रहेर पनि दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीको दुई कार्यकाल एकै पदमा नरहने र कार्यकारी पदमा ७० वर्षे उमेर हद आवश्यक छ भन्ने पक्षमा रहेका उनीहरू पार्टीले विधानमा ती व्यवस्था कायम नराखेकाले असन्तुष्ट छन् । त्यसैले पदबाट अलग हुने स्पष्ट गर्नुभएको हो । एमाले केन्द्रीय सदस्यहरू दलबहादुर राना, भीम केसी र ईश्वरी जीएमले अबको नेतृत्वमा नआउने भन्दै स्वैच्छिक अवकाश लिने घोषणा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्