नेभिगेशन
अर्थतन्त्र

भिभो एक्स ३०० प्रो सार्वजनिक

काठमाडौं – भिभोले आफ्नो फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित ल्याइएको स्मार्टफोनमा अत्याधुनिक जाइस क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभव समेटिएको कम्पनीले जनाएको छ ।

भिभो एक्स३०० प्रो फ्यान्टम ब्ल्याक र ड्युन ब्राउन रङ विकल्पमा उपलब्ध छ । यो स्मार्टफोन आज (मंसिर २९) देखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध हुने भिभोले जानकारी दिएको छ ।

स्मार्टफोनको प्रमुख आकर्षण यसको क्यामेरा प्रणाली हो, जुन जाइससँगको सहकार्यमा विकास गरिएको हो । एक्स३०० प्रोमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा–सेन्सिङ एचपीबी सेन्सर र सिपा ५.५–रेटेड स्टेबलाइजेसनमार्फत टाढाका दृश्यहरूलाई समेत स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ । साथै, एलवाईटी–८२८ सेन्सरयुक्त जाइस गिम्बल–ग्रेड मेन क्यामेरा ले उज्यालो र कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रदान गर्छ ।

क्यामेरा क्षमतालाई थप सशक्त बनाउन प्रो इमेजिङ चिप भिएस१ तथा सह–विकसित डाइमेन्सिटी ९५०० भि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको छ । यस संयोजनले छिटो इमेज प्रोसेसिङ, उत्कृष्ट लो–लाइट कार्यसम्पादन र २० गुणासम्मको लङ– रेन्ज मोसन स्न्यापसट तथा टेलिफोटो फ्लावर एन्ड बर्ड सट्स जस्ता फिचर उपलब्ध गराउँछ । साथै, ५० मेगापिक्सेल जाइस वाइड–एंगल फ्रन्ट क्यामेरा ले प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

भिभो एक्स३०० प्रोमार्फत नेपालमा ओरिजिन ओएस ६ को सुरुवात गरिएको छ । उन्नत एआई प्रणाली र परफर्मेन्स इन्जिनद्वारा सञ्चालित यस अपरेटिङ सिस्टमले सहज ट्रान्जिसन, छिटो प्रतिक्रिया र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्ने बताइएको छ । ओरिजिन आइसल्यान्डले सन्दर्भअनुसार रिमाइन्डर र रियल–टाइम सुझावहरू दिनेछ भने भिभो अफिस किटले फोन–टु–पिसी कनेक्टिभिटी र मल्टि–डिभाइस उत्पादकत्वलाई सहज बनाउनेछ ।

यस स्मार्टफोनमा जाइस मास्टर कलर डिस्प्ले, ८टी एलटीपीओ प्रविधि र १.१ मिलिमिटर अल्ट्रा– स्लिम सिमेट्रिक बेजेल प्रयोग गरिएको छ । डाइमेन्सिटी ९५०० प्रोसेसर द्वारा सञ्चालित एक्स३०० प्रोमा ६५१० मिलिआम्पियर ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज र ४० वाट वायरलेस फ्ल्यासचार्ज सुविधा उपलब्ध छ ।

साथै, आईपी६८ तथा आईपी६९ रेटिङ, आर्मर ग्लास र थ्रीडी अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानिङ २.० ले यस स्मार्टफोनलाई मजबुत, सुरक्षित र भरपर्दो बनाएको कम्पनीले जनाएको छ ।

समग्रमा, भिभो एक्स३०० प्रोले व्यावसायिक क्यामेरा क्षमता, उन्नत सफ्टवेयर, उच्चस्तरीय कार्यसम्पादन र प्रिमियम डिजाइनको संयोजनमार्फत नेपाली प्रयोगकर्तालाई सम्पूर्ण फ्ल्यागशिप स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्