नेभिगेशन
अर्थतन्त्र

नेपालगंजमा डीपल एस५ र नामी भिगो

नेपालगंज – विद्युतीय गाडी बिक्रेता एमएडब्लू वृद्धिले पश्चिम नेपालमा विद्युतीय मोबिलिटी विस्तार गर्ने उद्देश्यसहित नेपालगंजमा डीपल एस०५ र नामी भिगो सार्वजनिक गरेको छ । आधिकारिक डिलर पानस अटोमोटिभसँगको सहकार्यमा अत्याधुनिक ईभी प्रविधि भित्र्याएको कम्पनीले जनाएको छ ।

गाडी सार्वजनिक गर्न आयोजित कार्यक्रममा पानस अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

सार्वजनिक गरिएको डीपल एस०५ प्रिमियम विद्युतीय एसयूभी हो, जसमा काटलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०, भेन्टिलेटेड तथा हिटेड सिट, जिरो–ग्राभिटी मोड, एआर–एचयुडी, र १४.४ इन्च टचस्क्रिनजस्ता अत्याधुनिक सुविधा छन् । सहर र राजमार्ग दुवैका लागि उपयुक्त यस गाडीले आराम र प्रविधिको उत्कृष्ट संयोजन प्रदान गरेको एमएडब्लू वृद्धिले जनाएको छ ।

डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूी नामी भिगो पनि सार्वजनिक गरिएको छ । ९९ किलोवाट मोटर, ३५० किमीसम्मको रेञ्ज, फास्ट चार्जिङ र आकर्षक डिजाइन यो गाडीको प्रमुख विशेषता रहेको छ । नेपालगंजका ग्राहकहरूले अब बिक्री, सर्भिस, टेस्ट ड्राइभ तथा आफ्टर–सेल्स सेवा स्थानीय रूपमा प्राप्त गर्नेछन् । लन्च अवसरमा विशेष मूल्य, टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम पनि सुरु गरिएको एमएडब्लू वृद्धि र पानस अटोमोटिभले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्