नेभिगेशन
अर्थतन्त्र

टियागो ईभी चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौं — टियागो ईभी अन्तर–विद्यालय चित्रकला प्रतियोगिता ‘कार्टनिभल’ अन्तर्गत प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो ।

प्रतियोगिता दुई समूहमा सञ्चालन गरिएको थियो । कक्षा ५ देखि ८ समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम भएका छन् भने कक्षा ९ देखि १२ समूहमा बुढानिलकण्ठ स्कुलकी समय् या थापा प्रथम भएकी छन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कार स्वरूप प्लेस्टेशन–५ (पीएस५) प्रदान गरिएको छ ।

कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणअन्तर्गत गत मंसिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको हो । कक्षा ५ देखि ८ समूहमा काठमाडौं युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानीलकण्ठ स्कुलका दक्ष चौधरी चौथो र त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थानमा रहे । त्यसैगरी कक्षा ९ देखि १२ समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय हुन सफल भए ।

पुरस्कार वितरण समारोहमा बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जंग सिजापति, शिक्षक, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकले यस कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मकता, वातावरणमैत्री सोच र कलात्मक अभिव्यक्तिलाई प्रोत्साहन गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्