नेभिगेशन
राजनीति

प्रधानसेनापतिले दिए बयान

काठमाडौं – भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसहित सैनिक अधिकारीहरूको बयान लिएको छ । सोमबार आयोगले सिग्देलसहित केही अधिकारीहरूको बयान लिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । सैनिक अधिकारीहरूको बयान सकिएको छ ।

अहिले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान जारी छ । प्रवक्ता शर्माका अनुसार उनीहरूको बयान जारी नै छ ।

यस्तै, अब अर्को साता तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी रहेको शर्माले बताए । आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ । अहिलेसम्म आयोगले १५० भन्दा धेरैसँग सोधपुछ र बयान लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्