नेभिगेशन
प्रदेश

मुगु अस्पतालमा बिरामीको चाप

मुगु – चिसोसँगै भाइरल ज्वरो, रुघाखोकी र दमका बिरामीको संख्या बढेपछि मुगु जिल्ला अस्पतालमा उपचारार्थ आउनेको चाप बढेको छ । १५ शय्याको अस्पतालमा भर्ना नै भएर उपचार गराउनेका तुलनामा आएर जाँच गराई औषधि लिएर जानेको संख्या उल्लेख्य हुने गरेको छ ।

दिनकै ६० देखि ७० जना चिसोका बिरामी आइरहेको अस्पतालले जनाएको छ । ‘धेरैजसो बिरामीमा बालबालिका र वृद्धवृद्धा छन्, बच्चाहरू धेरैजसो ५ वर्षमुनिका बिरामी छन्,’ डा. अभिषेक मिश्रले भने, ‘१० देखि २० जना जति दमका रोगी आउने गरेका छन् ।’ चिसोले दीर्घरोगीलाई अझ गाह्रो पारेको उनले बताए ।

घरमा रोगले निकै च्यापेपछि मात्र अस्पताल आउने वृद्धवृद्धालाई सेवा दिन गाह्रो भइरहेको उनले बताए । ‘मौसमी रुघाखोकी त आउँछ, जान्छ तर दमका रोगीले चिसोबाट जोगिन अधिकम कोसिस गर्नुपर्ने हुन्छ ।’ सदरमुकाम गमगढीनजिक भामबाडा, कार्कीबाडा, ढुम, निगाले, तुम, बाम, रोवा, रुगालगायतका विभिन्न बस्तीबाट बिरामी अस्पतालमा आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्