नेभिगेशन
प्रदेश

पासोमा चितुवा

बैतडी – बैतडीमा स्थानीयले जंगली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । सिगास गाउँपालिका–२ धौलाडीको भिमराडीमा जंगली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो । स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जनाए । गए राति चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उनले बताए ।

अहिले सवडिभिजन वन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ । अगाडिको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्