नेभिगेशन
विश्व

युक्रेन लचिलो बन्दै

किएभ – युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् ।

वर्षौंदेखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टीहरू स्वीकार गर्न सक्ने उनले बताएका छन् ।

पछिल्लो समयमा युक्रेन र अमेरिका बिचको द्विपक्षीय सुरक्षा ग्यारेन्टी, र युरोपेली सहकर्मीहरू, साथै अन्य देशहरू– क्यानडा, जापानबाट सुरक्षा ग्यारेन्टीहरू अर्को  रूसी आक्रमण रोक्ने अवसर भएको बताउदै जेलेन्स्कीले त्यस्ता आश्वासनहरू कानुनी रूपमा बाध्यकारी हुनुपर्ने  बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आफू ‘मर्यादापूर्ण’ शान्ति र रूसको अर्को  आक्रमण नगर्ने  दृढ ग्यारेन्टी खोजिरहेको बताउँदै मस्कोले युक्रेनी सहरहरू र महत्त्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो दबाबका कारण कूटनीतिक प्रयासहरू तीव्र भएपछि यो टिप्पणी आएको हो । ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुसनर युक्रेनी र युरोपेली प्रतिनिधिहरूसँगको वार्ताका लागि आइतबार बर्लिन पुगेका थिए ।

अल जजिराका अनुसार यसअघि किएभ र मस्को दुवैसँग वार्तामा संलग्न रहेका विटकोफलाई पठाउने निर्णयलाई वासिङ्टनले प्रगतिमूलक हुने विश्वास गरेको जनाइएको छ ।

युक्रेनले अमेरिका र युरोपेली साझेदारहरूसँग मिलेर २० बुँदे योजनाको समीक्षा गरिरहेको उल्लेख गर्दै  जेलेन्स्कीले यसले युद्धविराम हुन सक्ने बताएका छन् ।

अधिकारीहरूले जारी कूटनीतिक छलफलका बावजुद रूसले आक्रमण नरोकि जानाजानी जाडो महिनामा नागरिकहरूलाई तातो र पानीबाट वञ्चित गर्न पावर ग्रिडलाई लक्षित गरि हजारौंलाई बिजुलीविहीन बनाएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्