नेभिगेशन
अर्थतन्त्र

बीवाईडी डल्फिनको बिक्री १० लाख नाघ्याे

काठमाडौ – चिनियाँ अटो निर्माता बीवाईडीको विद्युतीय ह्याचब्याक ‘डल्फिन’ले विश्वव्यापीरूपमा १० लाख युनिट बिक्री गरेको छ । यससँगै डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख बिक्री गर्ने ह्याचब्याक ईभी बनेको छ ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षणका रूपमा लिएको छ । कम्पनीका अनुसार सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारीको खोजीमा रहेका नेपाली परिवारका लागि डल्फिन पहिलो रोजाइ बन्दै गएको छ । साइमेक्सले नेपालमा ईभी इकोसिस्टम विस्तार, बिक्रीपछिको सेवा सुदृढीकरण र स्वच्छ गतिशीलतामा योगदान दिने प्रतिबद्धता जनाएको छ ।

विवाईडीले २०२६ का लागि डल्फिनको नयाँ संस्करणको परीक्षण सुरु गरिसकेको छ, जुन हाल चीनमा विकास परीक्षण चरणमा रहेको बताइएको छ । प्रारम्भिक रिपोर्टअनुसार नयाँ संस्करणमा डिजाइन र ड्राइभिङ अनुभवमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ । नेपालमा डल्फिन सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो । हाल नेपाली सडकमा २५०० भन्दा बढी डल्फिन सञ्चालनमा छन् । ह्याचब्याक सेग्मेन्ट समग्रमा घट्दो अवस्थामा रहे पनि डल्फिनले उत्कृष्ट सेफ्टी, इन्टेलिजेन्ट फिचर र प्रतिस्पर्धी मूल्यका कारण उपभोक्ताको रुचि पुनः जागृत गराएको छ ।

ई–प्लेटफर्म ३.० मा आधारित डल्फिनमा ७८.२ प्रतिशत उच्च–शक्ति हाई स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ । १२.८ इञ्चको घुमाउन मिल्ने टचस्क्रिन, २७०० मिमी ह्विलबेससहितको फराकिलो क्याबिन र लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टमले डल्फिनलाई नेपाली बजारमा सुरक्षित र स्मार्ट पारिवारिक कारका रूपमा स्थापित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्