नेभिगेशन
अर्थतन्त्र

कुमारी बैंकको ग्रीन हायर पर्चेज कर्जा

काठमाडौं – कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना ल्याएको छ । दिगो विकासका लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाउँदै आएको बैंकले जीआईजेड, ग्लोबल ग्रीन ग्रोथ इष्टिच्यूटद्वारा प्रर्वधन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनाअन्र्तगत साझेदारी गर्दै ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको हो ।

योजनाअन्तर्गत विद्युतीय माइक्रो तथा बस खरिद गरी सार्वजनिक सवारी सेवा सञ्चालन गर्न चाहने व्यक्तिले आर्कषक ब्याजदरमा कर्जा तथा डाउन पेमेन्टमा अनुदान पाउने छन् । इन्धनमा आधारित सवारी साधनलाई विद्युतीय बस तथा माइक्रोमा रूपान्तरण गर्न कर्जा लिन चाहेमा पनि थप अनुदान प्राप्त गर्न सकिनेछ ।

सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोगसँगै प्रदूषण समेत कम गर्न सकिनेजस्ता बहुआयामिक लाभ प्राप्त हुने बैंकका दिगो बैकिंङ विकास विभागका प्रमुख अर्पण पौडेलले बताए । २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्