नेभिगेशन
अर्थतन्त्र

इन्फोरमेटिक्स कलेजका विद्यार्थी दीक्षित

पोखरा – बेलायतको लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा रहेको पोखराको इन्फोरमेटिक्स कलेजले गत शुक्रबार दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

पोखराको ग्राण्ड होटेलमा आयोजना गरिएको समारोहमा स्नातक तहअन्तर्गत बिए (अनर्स) बिजनेस प्रशासन तथा बिएस्सी (अनर्स) कम्प्युटिङ कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका हुन् ।

दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको शैक्षिक यात्राको सफल समापनको उत्सव मनाइएको कलेजले जनाएको छ । इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित कलेजले आफ्नो परम्पराअनुसार उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई यस वर्ष पनि इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेको छ । सो छात्रवृद्धि मनिष धमलालाई प्रदान गरिएको छ । उनले इस्लिङ्टन कलेजमा एमएससी आईटी अध्ययनलाई निरन्तरता दिनेछन् । साथै, छात्रवृत्तिसँगै उनलाई इनोभेट नेपाल ग्रुप अन्तर्गतका संस्थामध्ये कुनै एकमा कार्यानुभव प्राप्त गर्ने अवसर पनि प्रदान गरिने जनाइएको छ ।

समारोहमा इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीसहित शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले दीक्षित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सीपमूलक, व्यावहारिक तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको महत्वमा जोड दिएका थिए ।

इन्फोरमेटिक्स कलेज पोखराले सूचना प्रविधि, व्यावसायिक प्रशासन तथा सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय साझेदारी तथा विश्वव्यापी प्रतिस्पर्धामा विद्यार्थीलाई सक्षम बनाउने ज्ञान र सीप प्रदान गर्नु कलेजको प्रमुख प्रतिबद्धता रहेको कलेजले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्