नेभिगेशन
अर्थतन्त्र

ई–सेवाको अफर

काठमाडौं – ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौं लाख शुभकामना’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । विदेशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

विजेताको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ भने हरेक हप्ता चार जना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् । बम्परतर्फ एक जना भाग्यशाली विजेताले दुई लाख दुई हजार छ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी योजना ल्याएका हौं, जसमा रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू सहभागी भई आकर्षक नगद पुरस्कारहरू जित्न सक्नेछन् ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्