नेभिगेशन
अर्थतन्त्र

अर्बपतिको संख्या बढ्याे

न्यूयोर्क – सन् २०२५ मा संसारभरि अर्बपतिहरूको सम्पत्ति बढेर १५.८ लाख करोड डलर पुगेको छ । अर्बपतिको संख्या बढेर २९ सय १९ पुगेको छ । यसअघि २०२४ मा २६ सय ८२ मात्र थिए । तिनमा २५ सय ४५ पुरुष छन् भने महिला ३ सय ७४ रहेका छन् ।

सबैभन्दा बढी धनी अमेरिकामा छन् । यहाँ ९ सय २४ जना अर्बपति छन् । तिनको कुल सम्पत्ति ६.९ लाख करोड डलर छ । यसपछि चीनमा बढी अर्बपति छन् । ४ सय ७० जना चिनियाँ अर्बपतिको कुल सम्पत्ति लगभग १.८ लाख करोड डलर रहेको छ ।

त्यसो त जर्मनीमा पनि अर्बपतिको संख्या तीव्ररूपमा बढिरहेको छ । युरोपमा जर्मनी सबैभन्दा धनी मुलुक हो । जर्मनीमा पनि यसपटक ३३ प्रतिशतले अर्बपतिको संख्या बढ्न पुगेको छ । जर्मनीमा २०२५ मा १५६ जना अर्बपति भएका छन् । यिनको कुल सम्पत्ति ६९२.१ करोड डलर पुगेको छ । गएको वर्ष १४५.९ करोड डलर मात्र थियो । संसारभर जर्मनीको औषधि, मेसिनरी सामग्री तथा उपभोक्ता सामानजस्ता कयौं उद्योग सशक्त हुँदै जाँदा यिनको सम्पत्ति बढेको दाबी बैंक समूहको छ ।

संसारभर अबका केही वर्षमा अर्बपतिहरूको वारिशनामा सर्ने हुँदा अर्बपतिहरूको संख्या अझ बढ्ने देखिएको छ । सन् २०४० सम्म अर्बपतिहरसँग लगभग ६.९ लाख करोड डलर सम्पत्ति नयाँ पिँढीलाई सुम्पने देखिएको छ । तीमध्ये ५.९ करोड डलर तिनका बालबालिकाले सिधा पाउने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्