नेभिगेशन
विश्व

अस्ट्रेलियाका प्रधानमन्त्री अहमद अल अहमदलाई भेट्दै

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज मंगलबार सिड्नीस्थित सेन्ट जर्ज अस्पतालमा उपचाररत अहमद अल अहमदलाई भेट्दै । गत आइतबार सिड्नीको बोनडी बीचनजिक यहुदी पर्व हनुक्का मनाउन भेला भएकाहरूमाथि बन्दुकधारी बाबुछोराले गोली चलाएका थिए । घटनामा कम्तीमा १५ जनाको मृत्यु भयो भने ४० भन्दा बढी घाइते भए । पछि हमलावरमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्को घाइते अवस्थामा पक्राउ परेर उपचाररत छन् । त्यहाँ फलफूल पसल चलाउने ४३ वर्षीय अहमद अल अहमद दुई जनाले अन्धाधुन्द गोली चलाइरहेका बेला हिम्मत गरेर अघि बढे, एक आक्रमणकारीलाई समाएर उसको हरितयार खोसे । तर, अर्को हमलावरले उनलाई गोली हानेका थिए । जसमाथि पछि प्रहरीले गोली चलाएका थिए । यो घटनापछि जहाँ धेरै जनाको ज्यान गएकोमा अष्ट्रेलियामा शोक छ, त्यहीँ अहमदको बहादुरीको प्रशंसा भइरहेको छ । तस्बिर : एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्