नेभिगेशन
राजनीति

निर्वाचन तयारी ७० प्रतिशत पुरा

काठमाडौं – निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । आयोगले मंगलबार आयोजना गरेको मन्त्रीसहितको छलफलमा तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि मिति घोषणा भएदेखि नै आयोग दृढ अठोटका साथ लागेको उनले बताए ।

राष्ट्रपतिबाट निर्वाचन घोषणा भएको दिनदेखि नै आयोगले शून्यबाट उठेर काम सुरु गरेकामा हालसम्म करिब ७० प्रतिशत काम भएको उनको दाबी छ । ‘निर्वाचनको वातावरण बनिरहेको छ । निश्चित प्रक्रिया पूरा गररे निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । त्यसमा हामी लागिरहेका छौँ,’ उनले भने ।

निर्वाचन आयोगसँग मात्रै सम्बन्धित ऐन/कानुन, नियमलाई संशोधनमार्फत सहज बनाउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राखेको जिज्ञासामा भण्डारीले मितव्ययी ढंगले खर्च गर्न आयोग सचेत रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्