नेभिगेशन
विश्व

त्रस्त सहरको एउटा दिन

कंगोको दक्षिण किभु प्रान्तको उभिरा सहरमा दिनचर्या सामान्यतर्फ फर्किँदै। पसल सावधानीपूर्वक खुल्दैछन्, सवारी फाट्टफुट्ट सडकमा देखिन सुरु भएका छन्। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा राजनीतिक तनाव र सुरक्षा संकट छ । पूर्वी प्रान्तहरूमा एम–२३ विद्रोही समूह र सरकारका बीच संघर्ष जारी छ, सयौं मारिएका छन्, हजारौं नागरिक विस्थापित भएका छन्। मानवीय संकट उत्कर्षमा छ । विद्रोही समूहले गोमाजस्ता प्रमुख सहरहरूमा कब्जा जमाइरहेको र यसले आर्थिक गतिविधि र बजारमा ठूलो असर पुर्‍याएको छ । शान्ति प्रयासहरू भइरहे पनि विवाद निरुपण भइसकेको छैन ।

लेक ट्याङान्या ताल किनारमा अवस्थित उभिरा सहरलाई विद्रोहीले कब्जा गरेका थिए । यो ताल अफ्रिकाका सबैभन्दा ठूलो र गहिरो जलाशयमध्ये एक हो, जसले कंगो, तान्जानिया, बुरुन्डी र जाम्बियालाई जोड्छ । यही कारण उभिराले जलमार्ग नियन्त्रण र क्षेत्रीय आवागमनमा निर्णायक भूमिका खेल्छ । यहाँबाट बुरुन्डीको बुजुम्बुरा र तान्जानियाको किगोमासँग नजिक छ । खाद्यान्न, इन्धन, माछा, उपभोग्य सामानको औपचारिक र अनौपचारिक व्यापार चल्छ । पूर्वी कंगोका लागि यो आयात–निर्यातको ढोका जस्तै हो । पूर्वी कंगोमा विद्रोही गतिविधि भइरहँदा उभिरा नियन्त्रणमा हुनु भनेको ताल मार्ग, सीमाना र आपूर्ति लाइन नियन्त्रणमा हुनु हो। त्यसैले यो सहर सुरक्षा रणनीतिमा प्रमुख लक्ष्य बन्छ । कंगोमा अर्थतन्त्र खनिजमा आधारित छ, केही वृद्धि देखाए पनि सुरक्षा खर्च र विद्रोहको कारण बजेटमा दबाब छ । तस्बिर : जानेम नेती जैदी/सिन्ह्वा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्