नेभिगेशन
विश्व

भारतमा बस दुर्घटना १५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

नयाँदिल्ली । उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा मृत्यु हुनेको संख्या १५ पगेको छ भने ४८ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । घना कुहिरोका कारण भएको उक्त दुर्घटनामा सातवटा बस र तीनवटा कार एकआपसमा ठोक्किएका थिए । ठोक्किनासाथ सवारीसाधनहरूमा आगलागी भएको थियो, जसका कारण धेरै हताहत हुन पुगेका थिए । हालसम्म केवल तीन जनाको मात्र शव पहिचान गरिएको छ ।

‘मृतकका शवहरू यति धेरै जलेका छन् कि पहिचान गर्न नसकिने अवस्थामा छन्,’ एक स्थानीय प्रहरीले फोनमार्फत सिन्ह्वालाई बताए । उनका अनुसार सबै शवलाई शवगृहमा लगिएको छ र केही घाइतेहरूको अवस्था भने गम्भीर रहेको छ । उनका अनुसार आगलागी भएका बस र अन्य सवारीसाधनहरू दिल्लीबाट उत्तर प्रदेश र मध्य प्रदेशका पूर्वी क्षेत्रसहित विभिन्न गन्तव्यतर्फ जाँदै थिए ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठूलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सम्भावना रहेकको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्