नेभिगेशन
विश्व

युद्ध रोक्न कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने थाइल्याण्डको अडान

बैंकक । थाइल्याण्डले एक हप्ताभन्दा लामो घातक झडपपछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नका लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्ने बताएको छ ।

थाई क्षेत्रमा आक्रमणकारीका रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयका प्रवक्ता माराती नालिता अण्डामोले बैंककमा पत्रकारहरूसँगको साक्षात्कारमा कम्बोडियाले पनि सीमा क्षेत्रमा इमानदारीपूर्वक सहयोग गर्नुपर्ने बताएका छन् । यो महिना दक्षिण पूर्वी एसियाली छिमेकीहरू बीचको लडाइँले सैनिक र नागरिकहरूसहित कम्तिमा ३२ जनाको ज्यान लिएनुका साथै करिब आठ लाख विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

प्रत्येक पक्षले आत्मरक्षा र नागरिकहरूमाथि आक्रमणको आरोप लगाउँदै झडपलाई उक्साएकामा अर्कालाई दोष दिएका छन् । कम्बोडियाले भने हालसम्म थाइल्याण्डको बयानमा कुनै प्रतिक्रिया दिएको छैन । यस वर्षको सुरुमा सीमा द्वन्द्वमा हस्तक्षेप गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता दुई देश शनिबारदेखि युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देशले वासिङटनको सहभागितामा आसियान क्षेत्रीय अध्यक्ष मलेसियाको युद्धविराम पहललाई समर्थन गरेको बताएका छन् । तर पछिल्लो समयमा बैंककले ट्रम्पको युद्धविराम दाबीलाई अस्वीकार गरे भने डिसेम्बर ७ देखि दैनिक पुनः लडाइँ जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्