नेभिगेशन
अर्थतन्त्र

गोदरेजका वाशिङ मेसिनमा चार वर्ष वारन्टी

काठमाडौं — उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन भरोसा प्रदान गर्ने उद्देश्यसहित गोदरेज एप्लायन्सले चार वर्षे वारेन्टी सहितको वाशिङ मेसिन बजारमा सार्वजनिक गरेको छ । गोदरेजले प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनहरूमा ४ वर्षे वारेन्टी सहित सार्वजनिक गरेको जनाएको छ ।

यस योजनाले वाशिङ मेसिन सेग्मेन्टमा उपभोक्ताको विश्वासलाई नयाँ स्तरमा पुर्‍याउने कम्पनीले दाबी गरेको छ । गोदरेजले १० वर्षको मोटर वारन्टीसमेत उपलब्ध गराउँदै मर्मत, पाट्र्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन सुनिश्चितता प्रदान गरेको जनाएको छ । यो सुविधा नेपाली बजारमा उपलब्ध अन्य वाशिङ मेसिनहरूभन्दा फरक र विशिष्ट रहेको कम्पनीको दाबी छ ।

गोदरेजले यी वाशिङ मेसिनहरू एआई पावर्ड टर्बिडिटी सेन्सिङ प्रविधिसहित डिजाइन गरिएको जनाएको छ । यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ । यसले सामान्य रिन्स साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन र १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्ने बताइएको छ, जसले कपडालाई लामो समयसम्म सफा, नरम र सुरक्षित राख्छ । घरायसी आवश्यकतालाई ध्यानमा राख्दै तयार गरिएका यी वाशिङ मेसिनहरूमा १०० भन्दा बढी कठिन दागहरू (हल्दी, दाल, कुकुम, मेहन्दी, अचार लगायत) हटाउने क्षमता, ९५ डिग्री सेल्सियससम्म पानी तताउने इन–बिल्ट हीटरसहितको स्टिम वास प्रविधि, एडभान्स ट्युब क्लिन, अन्य मेसिनको तुलनामा ६५ प्रतिशतसम्म पानी बचत, १४०० आरपीएम हाई–स्पिन मोटर, डिजिटल इन्भर्टर मोटर प्रविधि, स्वस्थ धुलाई जस्ता विशेषतारु समावेस गरिएको छ ।

वाशिङ मेसिनहरू ८ केजी र ९ केजी क्षमतामा, म्याट ब्ल्याक र रोज गोल्ड रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधि, उच्च हाइजिन र दीर्घकालीन वारेन्टीको संयोजनमार्फत गोदरेजले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग भरोसाको नयाँ अनुभव प्रदान गरेको दाबी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्