नेभिगेशन
अर्थतन्त्र

जेडटीईको नुबिया एयर र नुबिया भी८० किस्ताबन्दीमा

काठमाडौं – ग्लोबल टेक्नोलोजी कम्पनी जेडटीई कर्पोरेसनलेनेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडेल जेडटीई नुबिया एयर र जेडटीई नुबिया भी८० डिजाइन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यी दुवै स्मार्टफोन शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी सुविधासहित नेपालभर उपलब्ध छन् ।

उच्च प्रदर्शन, आकर्षक डिजाइन र सहज मूल्यमा स्मार्टफोन उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै जेडटीईले यी मोडेल सार्वजनिक गरेको जनाएको छ । यसबाट नेपाली उपभोक्ताले आधुनिक स्मार्टफोन प्रविधि अझ सहजरूपमा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।

नयाँ जेडटीई नुबिया एयर केवल ५.९ मिलिमिटर मोटाइका साथ पातलो डिजाइनमा प्रस्तुत गरिएको छ । यसमा ६.७८ इन्चको १.५के एमोलेड डिस्प्ले दिइएको छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ७आईले सुरक्षित गरेको छ । साथै, आईपी६८, आईपी६९ र आईपी६९के स्तरको धुलो तथा पानी प्रतिरोध सुविधा यस मूल्य वर्गमा दुर्लभ मानिन्छ ।

युनिसक टी८३०० चिपसेटमा आधारित नुबिया एयर एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा सञ्चालन हुन्छ । यसमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा र ३३ वाट फास्ट चार्जिङ सपोर्टसहित ५,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ । यसैगरी, जेडटीई नुबिया भी८० डिजाइन आकर्षक फिनिस र सन्तुलित प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको हो । एन्ड्रोइड १६ मा चल्ने यो स्मार्टफोन युनिसक टी७२८० चिपसेटद्वारा सञ्चालित छ । यसमा ५० मेगापिक्सेलको प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

नुबिया भी८० डिजाइनमा ५,००० मिलिएम्पियर–आवर क्षमताको ब्याट्री, २२.५ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट उपलब्ध छ । यो मोडेल ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज भेरियन्टमा र ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले जेडटीई नुबिया एयर र नुबिया भी८० डिजाइन सार्वजनिक गर्दै हरेक मूल्य वर्गमा एडभान्स टेक्नोलोजी पुर्‍याउने जेडटीईको रणनीति थप मजबुत बनेको बताए । ‘स्लिम प्रिमियम डिजाइनदेखि किफायती तर भरपर्दो प्रदर्शनसम्म, यी स्मार्टफोनहरूले नेपाली उपभोक्ताको अपेक्षाभन्दा बढी दिने हाम्रो लक्ष्यलाई स्पष्ट गर्छन्,’ उनले भने । दुवै स्मार्टफोन हाल नेपालभरका आधिकारिक जेडटीई विक्रेतामार्फत शून्य प्रतिशत मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्